Thursday May 16, 2024
BS 2081 Jestha 3
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

आन्तरिक तथा बाह्य सुरक्षा सुनौतीको सामना गर्न सेना तयार

Feb 24, 2017 under Current Affairs 114 , National 834

काठमाडौं : à¤¨à¥‡à¤ªà¤¾à¤²à¥€ सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले देशमा केही विखण्डनवादी शक्तिले साम्प्रदायिकता भड्किने अभिव्यक्ति दिएको भन्दै त्यस्ता समूहलाई निस्तेज पार्न सेना हरहमेसा तयार रहेको बताएका छन्।

बिहीबार ‘सेना दिवस २०७३’ को उपलक्ष्यमा नेपाली सेनाका सकलदर्जालाई सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले विखण्डनकारी समूहलाई निस्तेज पार्न नेपाली सेना सदैव तयार रहेको बताएका हुन्।

सेनापतिको अभिव्यक्ति केही वर्षयता तराईमा देश टुक्राउने अभिव्यक्ति दिँदै हिड्ने सिके राउतप्रति लक्षित थियो। यद्यपी सेनापति क्षत्रीले राउतको नाम भने लिएनन्।

‘केही विखण्डनवादी शक्तिले साम्प्रदायिकता भड्किने अभिव्यक्ति दिनुको साथै केही समूहले हतियार उठाउने धम्की दिइरहेको कारण नेपाली समाजमा युगौंदेखि चल्दै आएको सांस्कृतिक एवम् सामाजिक सद्भाव तथा सहिष्णुतालाई चुनौती दिएको छ,’ सेनापति क्षत्रीले भने, ‘पूर्खाको रगत पसिनाले जोगाएको इतिहासलाई खण्डित तुल्याउने कुनै पनि अवाञ्छनीय गतिविधिलाई निस्तेज गर्न नेपाली सेना हरमहेसा तयारी हालतमा रहने छ।’

सेनापति क्षत्रीले राष्ट्रिय हितविरुद्ध उत्पन्न हुन सक्ने आन्तरिक तथा बाह्य सुरक्षा सुनौतीको सामना गर्न समेत सेना तयार रहेको बताएका छन्। उनले संविधान र नेपाल सरकारले दिएको जिम्मेवारी सेनाले हरहालतमा पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

‘हाम्रो अखण्ड सुनौलो इतिहासलाई जीवित राख्न, राष्ट्रिय हितविरुद्ध उत्पन्न हुन सक्ने आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीहरुको सामना गर्न, नेपाली सेनाले मानव अधिकार तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको परिधिभित्र रही नेपालको संविधान र नेपाल सरकारद्वारा दिइने सबै जिम्मेवारीहरु पूरा गर्न कुनै कसर बाँकी राख्ने छैन,’ सेनापति क्षत्रीले भने, ‘नेपाली सेनालाई सक्षम, व्यवसायिक सैनिक सङ्गठनको रुपमा विकास गर्ने दीर्घकालीन लक्ष्य अनुरुप उपलब्ध स्रोत साधनको अधिकतम् प्रयोग गरेरअघि बढ्ने छ।’

उनले सवल र सक्षम सङ्गठन तयार गर्ने, नागरि-सैनिक सम्बन्धलाई सुदृढ गर्ने, उच्च मनोबल युक्त फौज तयार गर्ने, वृत्तिविकास प्रणालीलाई व्यवहारिक बनाउने कार्यलाई समेत सेनाले निरन्तरता दिने बताएका छन्।

सेनापति क्षत्रीले सैनिक कुटनीतिको माध्यमबाट मित्रराष्ट्रका सैनिक सङ्गठनसँग आपसी हितमा दुई पक्षीय पेशागत सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लाने विश्वास व्यक्त गरे। ‘विभिन्न मित्रराष्ट्रसँग संयुक्त तालिम तथा अभ्यास सञ्चालन भइरहेको र यसै क्रममा पहिलो पटक मित्रराष्ट्र श्रीलंकासँग सयुक्त अभ्यास सम्पन्न हुनुको साथै मित्रराष्ट्र बंगलादेश तथा मित्रराष्ट्र चीनसँग पनि संयुक्त अभ्यास गर्ने योजना छ।’

उनले नेपाली सेना, राष्ट्रको पहरेदार, राष्ट्रिय एकताको प्रतिविम्ब, आफ्नो कर्तव्यपथमा अडिग रही सदैव नेपाल र नेपालीको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे।

नेपाली सेनाको वीरताको चर्चा गर्दै सेनापति क्षत्रीले नेपाली सेना सारा नेपालीको साझा राष्ट्रिय सेना भएको बताए। उनले राज्य सङ्कटमा पर्दा होस् वा विपद्मा नेपाली सेनाले गरेको निःस्वार्थ सेवाले नेपाली जनताको सेना प्रतिको अगाध विश्वास, आस्था र भरोसा जितेको समेत दाबी गरे।

‘नेपाली सेनाको इतिहास, राज्यको प्रारम्भिक अस्तित्वसँगै जोडिएको एवम् देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रिय एकताको रक्षाको लागि पूर्वजले देखाएको वीरताका गाथा नेपालको इतिहासका पानाहरुमा स्वर्णिम अक्षरले लेखिएको छ’, सेनापति क्षत्रीले भने, ‘समयानुसारको परिवर्तनलाई नेपाली सेनाले सदैव आत्मसाथ गर्दै आएको कुरालाई कसैले बिर्सनु हुँदैन।’

कार्यक्रमलाई सम्बोधन गर्नुअघि सेनापति क्षत्रीले बिहीबार बिहान नेपाल र नेपालीको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र रक्षाको लागि आप्mनो जीवनको आहुती दिने वीर वीरङ्गनाप्रति पुष्पमालासहित छाउनीस्थित ‘सैनिक वीर स्मारक’ मा श्रद्धाञ्जलि अर्पण गरेका थिए।

बिहीबारका दुवै कार्यक्रममा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिति थियो।

सेना दिवसलाई भव्यताकासाथ मनाउने क्रममा नेपाली सेनाका सबै पृतना, बाहिनी, गण तथा गुल्मले बिहीबार सार्वजनिक स्थलमको सरसफाई, रक्तदानलगायतका जनहितका कार्यहरु सञ्चालन गरेका छन्।

Annapurnapost.com

Tagged: Nepal Army 11

No news.
Australian Dollar to Nepalese Rs